IME Life

नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यस साता नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये एक कम्पनीको आईपीओ र २ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेलपर्सको बोनश शेयर सुचिकृत भएको हो भने जीवन विकास लघुवित्तको आइपीओ सुचिकृत भएको हो ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनश शेयर वापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर सूचिकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले ७ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको १५ प्रतिशत बोनश बापतको ३ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभा पारित १५ प्रतिशत बोनश शेयर सुचिकृत गरेको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० लाख ८४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि जेबीएलबी सिम्बोल पाएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS