IME Life

साउन भित्रै गोएमएल सफ्टवेयर प्रयोगमा ल्याउनु पर्ने बाध्यता, कम्पनीले सक्लान् ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले साउन महिनाभित्रै सम्पूर्ण बीमा कम्पनीहरुमा गोएमएल सूचना प्रणालीलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । मुद्रा निर्मलिकरण निवारणको लागि गठित वित्तीय सूचना इकाईले प्रयोग गरिरहेको एकीकृत सूचना प्रणाली (गोएमएल) मा प्रत्येक बीमा कम्पनीहरुले नियमित रुपमा अद्यावधिक विवरण प्रविष्टी गर्नुपर्नेछ । हाललाई परिक्षण स्वरुप बीमा समितिले केही जीवन र निर्जीवन बीमा कम्पनीहरुमा गोएमएल कार्यान्वयनमा ल्याएको छ ।

‘राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन (एनआरए) २०२०’ मा समेटिएको सुझावको आधारमा बीमा समितिले गोएमएल कार्यान्वयन गर्न अनिवार्य गरेको छ । अब १९ वटै जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरुले गोएमएलमा नियमित सूचना प्रविष्टीको लागि उपयुक्त सफ्टवेयर प्रयोगमा‌ ल्याउनुपर्नेछ ।

Prabhu
Crest

एनआरए प्रतिवेदनका अनुसार बीमा सेवा क्षेत्रमा अवैध मुद्रा निर्मलीकरण र आतंककारी कृयाकलापमा वित्तीय लगानी (एएमएल/सीएफटी)को मध्यम जोखिम छ ।  प्रतिवेदन एकल बीमाशुल्क भुक्तानी बीमालेखको बढ्दो मागले यसको प्रयोग अवैध मुद्रा निर्मलीकरणको लागि उपकरणको रुपमा प्रयोग हुनसक्ने संभावना औंल्याएको छ ।

एनआरएको सुझावको आधारमा बीमा समितिले एकल बीमाशुल्कको लागि समर्पण र बीमालेख कर्जाको प्रावधानमा संशोधन गरेको छ ।  अब, एकल बीमाशुल्क भुक्तानी वा नियमित बीमाशुल्क भुक्तानी बीमालेखमा ३ वर्षपछि मात्र समर्पण मूल्य प्राप्त हुनेछ ।  यसअघि समर्पण मूल्य एकल बीमाशुल्कको हकमा १ वर्ष र नियमित बीमाशुल्कको हकमा २ वर्षपछि प्राप्त गर्न सकिने प्रावधान रहेको थियो ।

बीमा समितिले यसअघि नै बीमा कम्पनीहरुको  लागि ‘मुद्रा निर्मलीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी निवारण निर्देशिका २०७५’लागू गरिसकेको छ । एक लाख रुपैयाँभन्दा बढीको कारोबारबारे १५ दिनभित्र वित्तीय जानकारी इकाई (एफआईयू) नेपाललाई जानकारी दिनुपर्ने प्रावधान  छ ।

एक लाख लाख वा सोभन्दा माथि कुनै पनि भुक्तानी बैंकिङ प्रणाली, डिजिटल माध्यम वा चेक मार्फत हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै,५० हजार रुपैयाँ वा सोभन्दा माथिको कुनै भुक्तानी गर्नुपरेमा बीमित वा लाभार्थीको बैंक खातामा जम्मा गरिदिनुपर्नेछ ।

राजनैतिक पृष्ठभूमिका व्यक्ति वा उच्च पदस्थ  अधिकारीको पहिचान गर्ने र वित्तीय जानकारी इकाईमा लिखितरुपमा अवगत गराउनुपर्ने प्रावधान समेत छ । यस निर्देशिकामा कारोबार सीमाको आधारमा ग्राहक पहिचान फारम वा  विस्तृत ग्राहक पहिचान फारम भराउनु पर्ने  व्यवस्था समेत छ । जीवन बीमालेख निर्देशिका २०७८’ अनुसार रु. ५ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क भुक्तानी गर्ने गरी गरिएको जीवन बीमामा बीमितको आयश्रोतको प्रमाण संकलन गर्नुपर्ने प्रावधान छ ।

बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरु सँग यस विषयमा अन्तर्क्रिया तथा छलफल पनि गरिसकेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका पदाधिकारीले सम्पुर्ण बीमा कम्पनीहरुको सम्पत्ती शुद्धिकरण अनुगमन विभागका कर्मचारीहरुलाई गोएमएल सफ्टवेयर सञ्चालन गर्न सिकाएका थिए । उनिहरुले यहि साउन भित्रै सफ्टवेयर प्रयोगमा ल्याउनु पर्नेछ । यसका लागि कम्पनीहरुले इमान्दारिता पुर्वक विवरण पेश गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS