IME Life

ग्रामीण विकास लघुवित्तको साधारण सभा भदौ ५ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भदौ ५ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यसैगरी सभामा सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बन्द हुनेछ । साउन २४ गतेसम्मका कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS