IME Life

तीन हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड, र बुद्धभुमि नेपाल हाइड्रोलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि एक सय रुपैयाँ दरमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्कानशको लागि अनुमति दिएको हो । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । बोर्डले कम्पनीलाई असाउन ११ गते आइपीओ निष्कानशको लागि अनुमति दिएको हो ।

Prabhu
Crest

त्यस्तै, साहस उर्जाले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि एक सय रुपैयाँ दरमा कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । कम्पनीले बोर्डबाट साउन १४ गते अनुमति पाएको हो ।

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आइपीओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बोर्डले कम्पनीलाई साउन १४ गते आइपीओ निष्काशनको अनुमति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS