IME Life

सिटिजन्स बैंकलाई मर्जरले सिनर्जी दियो, मुनाफाबाट साढे १२ प्रतिशत लाभांस दिन सक्ने क्षमता

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकमा मर्जरको सिनर्जी इफेक्ट देखिएको छ । बैंकले गत आर्थिक वर्षमा तीनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सलाई प्राप्ति गरेको थियो । दुई संस्थालाई मर्जर गरे सँगै बैंकको निक्षेप, कर्जा लगानी, पूँजी, शाखा सञ्जाल सहित मुनाफामा पनि उल्लेख सुधार भएको छ । कुनै समय पूँजी अनुसार निक्षेप र कर्जा लगानी गर्न नसक्दा पूँजीकोष अनुपात अधिक रहेको बैंकले मर्जरबाट आफुलाई सबल बनाउन सकेको हो ।

दुई संस्थालाई प्राप्ति गरे सँगै बैंकको मुनाफा ३३.४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकको मुनाफा एक अर्ब १९ करोड रुपैयाँ थियो । यहि अवधिमा खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

बैंकको निक्षेप संकलन ५८ प्रतिशतले बढ्दा कर्जा लगानी ५० प्रतिशतले बढेको छ । यहि अवधिमा बैंकले एक खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी ३८ प्रतिशतले बढ्दा जगेडा कोष पनि ४० प्रतिशतले बढेको छ । बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

बैंकको लाभांस बाड्न योग्य मुनाफा भने एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकले गएका वर्षमा प्रोभिजनिङ गरेको २२ करोड रुपैयाँ यस वर्ष रिलिज हुँदा वितरण योग्य मुनाफा बढेको हो । साथै कोभिड १९ का कारण कर्मचारीहरुको ट्रेनिङका लागि छुट्टाइएको रकम पनि खर्च हुन नसक्दा उक्त रकम वितरण योग्य मुनाफामा जोडिएको छ । नेपाल राष्ट्र बैंकले यसै साता उक्त रकम वितरण योग्य मुनाफामा जोड्न पाउने व्यवस्था गरिदिएको थियो । बैंकको मुनाफाबाट मात्रै साढे १२ प्रतिशत लाभांस दिन सक्ने क्षमता रहेको छ । यदि जगेडा कोषबाट बोनस शेयर दिन चाहेमा उक्त दर बढ्न सक्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाका कारण बैंकको खराब कर्जा १.५५ प्रतिशतबाट २.७७ प्रतिशत पुगेको छ । बैंकको आधार व्याजदर कष्टअफ फण्ड घटेको छ । पूँजी बढे सँगै प्रतिशेयर आम्दानी पनि एक रुपैयाँले घटेर १२ रुपैयाँमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS