IME Life

अस्वस्थ प्रतिस्पर्धाले कम्पनीहरु कम ट्यारिफमा बीमा गर्न बाध्य, नियममा बसेर काम गर्न सिलवालको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीको अण्डराइटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको तालिम हलमा आयोजना गरिएको यस कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण र पुजन ढुङ्गेलको उपस्थिति थियो । त्यस्तै इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा र सम्पुर्ण निर्जीवन बीमा कम्पनीका अण्डरराइटिङ विभागका प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन निर्देशक कर्णले गरेका थिए ।

Prabhu
Crest

बीमा समितिले चालु आर्थिक वर्ष २०७८/८९ को आफ्नो वार्षिक नीति तथा  कार्यक्रम बमोजिम अण्डराइटिङका क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा छलफल आयोजना गरेको हो । यो कार्यक्रम उपलब्धी मुलक भएको सहभागीले जनाएका छन् । छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी अण्डराइटिङ विभागका प्रमुखहरुले यस क्षेत्रमा धेरै नै समस्या रहेको जानकारी दिएका छन् ।

समस्याको प्रमुख कारण कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धा रहेकोमा सबैले स्वीकार गरेका छन् । प्रमुख कार्यकारी अधिकृतहरुले व्यवसाय ल्याउन दवाव दिए पछि ट्यारिफ भन्दा पनि कम दरमा पोलिसी जारी हुने गरेको उनिहरुको एक मत थियो । माथिबाटै काम गर्न निर्देशन आए पछि बाध्य भएर पोलिसी जारी गर्न बाध्य हुने उनिहरुको भनाइ थियो ।

जोखिमको वास्तविक मूल्याङ्कन नै नभइ पोलिसी जारी हुने गरेको सहभागिले जानकारी दिएका छन् । यदि एउटा कम्पनीले कुनै एउटा प्रोडक्टको ट्यारिफ रेट २ रुपैयाँ निर्धारण गर्यो भने अर्कोले १.५ रुपैयाँमै दिने र अर्कोले फेरी एक रुपैयाँ हुँदै तेस्रो चौथो कम्पनीले ०.५ रुपैयाँमै जारी हुने गरेको भन्दै उनिहरु आफ्नो अनुभव जनाएका छन् । कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धाले थोरै मूल्यमा जोखिम बहन गर्दा उनिहरुले लिएको बीमा शुल्कले पुनर्बीमा समेत गर्न पुग्दैन । यस्तो अवस्थामा कतिपयले पुनर्बीमा पनि गरेका हुँदैनन् । यदि त्यस्ता बीमाको दाबी पर्यो भने भुक्तानी गर्न सक्ने अवस्था हुँदैन ।

पुल मार्फत हुने व्यवसायमा समेत समस्या रहेको भन्दै उनिहरुले बीमा समितिलाई समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । सहभागिले समिति समक्ष समय सापेक्ष सम्पत्ती बीमाको बीमालेखमा परिमार्जन तथा संसोधन गरिदिन अनुरोध गरेका छन् । उनिहरुले सम्पत्ती बीमालेख निर्देशिकाको संसोधनका लागि पनि माग राखेका छन् ।

बीमा समितिले चेक क्लियरिङ नभइ पोलिसी जारी नगर्नु भन्ने निर्देशिकाले अप्ठ्यारो भएको भन्दै समिति समक्ष गुनासो व्यक्त गरेका छन् । अण्डराइटिङ विभागका प्रमुखहरुले ‘पोलिसी आजै सकिदैछ र बीमितिले आजै दुई बजेपछाडी चेक दिएर बीमा नविकरण गर्यो भने उक्त बीमा लागु हुने कि नहुने’ भन्दै प्रश्न गरेका थिए । उनिहरुको प्रश्नलाई संवोधन गर्दै अध्यक्ष सिलवालले कानुन भन्दा माथि कोहि पनि नहुने भएकाले कानुनमा जे लेखिएको छ सोहि अनुसार गर्नु भन्दै निर्देशन दिएका छन् । उनलले सबैलाई अनुसासन पुर्वक अस्वस्थ प्रतिस्पर्धा नगरी व्यवसाय गर्न अनुरोध गरेका छन् । यदि कम्पनीहरुले नियम भन्दा बाहिर गएर अस्वस्थ प्रस्पर्धा गरिरहेमा कारबाही गर्न बाध्य हुने भन्दै सिलवालले चेतावनी दिएका छन् ।

उनले भने ‘अहिले हामिले सबैलाई बुझाइरहेका छौ । तपाईहरु सुध्रिनु भएन भने हामो अर्को कदम चाल्न बाध्य हुने छौ । सबै जना कानुनको अधिनमा रहेर काम गरौ । तपाईहरुको के के समस्या छन् आउनुहोस बसेर समाधान गरौ त्यसका लागि म तयार छु ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS