IME Life

नेप्सेको इतिहासमा जीवन विकासको सर्वाधिक मूल्यमा कारोबार सुरु

SPIL
NIC ASIA

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये अहिलेसम्मकै सार्वाधिक मूल्यमा कारोबार सुरु भएको छ । नियम अनुसार दोस्रो बजारमा कुनै पनि कम्पनीको पहिलो कारोबार अधिकतम नेटवर्थको तीन गुणासम्मबाट सुरु हुन्छ ।

नेपाल स्टक एक्सचेन्जले न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसा सम्म रेञ्ज प्रदान गरेको थियो । नेप्सेले दिएको रेन्ज अनुसार पहिलो कारोबार ९१४ रुपैयाँमा म्याचिङ भएको छ । पहिलो कारोबार ९१४ रुपैयाँमा म्याचिङ भए सँगै नेप्सेको इतिहासमा पहिलो कारोबार सबैभन्दा धेरै मूल्यमा भएको हो ।

Prabhu
Crest

नेप्सेले १० वर्ष अगाडी पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्मबाट सुरु गर्न सकिने नियम बनाएको थियो । यस अवधिमा प्राथमिक शेयर निष्काशन गरेर पहिलो कारोबार हुनेमा जीवन विकासको सर्वाधिक धेरैमा कारोबार गर्न सफल भएको हो ।  संस्थाको प्रतिशेयर नेटवर्थ ३०५ रुपैयाँ रहेको छ ।

संस्थाले बुधवार दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गरेको थियो । कम्पनीले असार ११ गते देखि १५ गतेसम्म सर्वसाधारणका लागि १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषले खरिद गरेका छन् भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

प्राथमिक शेयर निष्काशनबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने उनिहरु मध्येकै ५ जनाले थप एक कित्ता सहित ११ कित्ता प्राप्त गरेका थिए । सर्वसाधारणले आजदेखि दोस्रो बजारमा खरदि बिक्री गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS