IME Life

सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्सबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लस सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाँडेले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

अटो प्लसमा टाटा मोर्टरद्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधनदर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस स्किम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुने जनाएको छ । जस अन्तर्गत शुन्य ह्रास कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार पाँच सय रुपैयाँ क्षतिपुर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना रहेका छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको आफुलाई पायक पर्ने नेपालभरी कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीममा दावी गर्न सक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS