IME Life

जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सुचिकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले आज बुधरबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र जीवन विकास लघुवित्तका सिइओ संजय कुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।

उक्त आइपीओ भोलिबाट दोस्रो बजारमा खरिदविक्री हुनेछ । सम्झौता कार्यक्रममा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद नेपालको समेत उपस्थिती रहेको थियो । लघुवित्तको आईपीओ डिम्याट खातामा आइसकेको छ । कम्पनीलाई नेप्सेले ‘ जेबीएलबी  ’ सिम्बोल प्रदान गरेको छ ।

Prabhu
Crest

जीवन विकास लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसा सम्म रेञ्ज पाउने छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यदी स्पेसल प्री ओपनिङ सेसनमा अधिकतम मूल्यमा कारोवार भएमा पहिलो दिननै कम्पनीको बजार मूल्य प्रति कित्ता एक हजार पुग्ने सम्भावना देखिन्छ ।

कम्पनीको आईपीओ गत असार २३ गते बाँटफाँड भएको हो । उक्त बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका थिए । ती आवेदकमध्ये अझ पाँच जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।

कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS