यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ४९ करोड १५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपी पावर कम्पनीको ४८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार