IME Life

२९ अंकले बढ्यो नेप्से, १५ अर्बमाथिको कारोबार हुँदा एनआइसी एशियाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव २३ प्रतिशतले बढेको छ । आज ११० वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, ट्रेडिङ, होटल एण्ड टुरिजम र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ४९ करोड १५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपी पावर कम्पनीको ४८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र खलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकास कम्पनी र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले गुमाउका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४ दशमलव ६८ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS