IME Life

रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दोहोर्याउन स्वीकृति दिएको छ । कम्पनीको साउन एक गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको उक्त निर्णय पछि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाइएको थियो । बीमा समितिले अन्तिम स्वीकृति दिए सँगै सञ्चालक समितिलाई कार्यकाल थप गर्ने बाटो खुलेको हो । लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ ।

Prabhu
Crest

लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । रिलायबल आउनु अगाडि बैंक वित्तीय संस्थामा थिए । उनले बैंक वित्तिय संस्थामा मात्रै एक दशक भन्दा लामो समय विताएका छन् । त्यस्तै दुई दशकमा एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिस, बैंक वित्तीय संस्था र बीमा कम्पनीमा विताएका छन् । माइक्रोफाइनान्समा लामो समय काम गरेका लोहनीले माइक्रोइन्स्योरेन्स क्षेत्रमा पनि व्यवसाय छ भनेर प्रमाणित गरिदिएका छन् । आजका दिनमा रिलायबल नेपाल माइक्रोइन्स्योरेन्स पोलिसी बिक्री गर्नेमा सबैभन्दा अगाडि छ ।

रिलायबल नेपालले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । यदि बीमा समितिले प्रिमियममा प्राथमिक शेयर निष्काशनका लागि अनुमति दियो भने कम्पनीले नेपाली बीमा क्षेत्रबाटै पहिलो पटक प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS