IME Life

जनरल इन्स्योरेन्समा श्रेष्ठलाई सिइओ नियुक्त गर्न बीमा समितिको स्वीकृति, बीमा क्षेत्रमा ३३ वर्षको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीमा रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि स्वीकृति दिएको छ । समितिले साउन ८ गते श्रेष्ठलाई सिइओ बनाउनका लागि नियामकिय स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिइओको जिम्मेवारी बहन गरिरहेका श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । सञ्चालक समितिले गरेको उक्त निर्णयको अन्तिम स्वीकृति बीमा समितिले दिनु पर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

बीमा क्षेत्रमा ३३ वर्षको अनुभव भएका श्रेष्ठले २०४५ साल कात्तिकदेखि राष्ट्रिय बीमा संस्थानबाट जागिर सुरु गरेका थिए । पाल्पामा जन्मिएका श्रेष्ठले लामो समय बीमा कम्पनीको अनुसन्धानको क्षेत्रमा  विताए । त्रिचन्द्र कलेजबाट विएससी गरेका श्रेष्ठले व्यवस्थापनमा एमबिए गरेका छन् । तीन दशक भन्दा लामो समय बीमा क्षेत्रमा काम गर्दा उच्च व्यवस्थापन र अनुसन्धानमा मात्रै दुई दशक विताएका छन् ।

स्वच्छ छवीका श्रेष्ठ सर्भेयर भएर पनि लामो समय काम गरे । सगरमाथा इन्स्योरेन्सको स्थापना कालमा काम गरेका श्रेष्ठले एनवि इन्स्योरेन्स कम्पनीमा पनि काम गरे । एनवि सँगै साविक एलाइन्स हालको प्रभु इन्स्योरेन्स कम्पनीमा पनि काम गरेका थिए । करिअरको विचको केहि समय स्वतन्त्र रुपमा अनुसन्धानकर्ता तथा सर्भेयर भएर पनि काम गरे । त्यस पछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डिसिओ भएर ९ वर्ष काम गरेका श्रेष्ठ गत चैतमा जनरल इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका थिए । तर उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरि ल्याइएको थिएन ।

बीमा समितिले कम्पनीलाई बारम्बार प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न  दवाव दिए पछि कम्पनीले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । बीमा समितिले अन्तिम स्वीकृति दिए सँगै अव सञ्चालक समितिले श्रेष्ठलाई औपचारिक रुपमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बाटो खुलेको छ ।

जनरल इन्स्योरेन्सले स्थापनाकालदेखि अहिलेसम्म एक जना पनि प्रमुख कार्यकारी अधिकृत राख्न सकेको छैन । विगतका वर्षमा महाप्रवन्धकबाटै कम्पनी सञ्चालन हुँदै आएकोमा बीमा समितिले पछिल्लो समय थप कडाइ गर्न थाले पछि बाध्य भएर प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने तयारीमा जुटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS