नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको छ । संघ र मिडियाबीच घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको हो । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नेपाल क्रिकेट संघले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ । साथै आगामी दिनमा क्रिकेट संघले आयोजना गर्ने सबै प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार