IME Life

निर्जीवन बीमा कम्पनीले उधारो पोलिसी बिक्री गर्न बन्द गरे

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई उधारोमा बीमा पोलिसी जारी नगर्न निर्देशन दिए सँगै निर्जीवन बीमा कम्पनीहरुले संस्थागत रुपमा उधारोमा पोलिसी बिक्री गर्न बन्द गरेका छन् । कम्पनीहरुले व्यवसाय बढाउनका लागि कतिपय बीमित सँग सम्बन्धका आधारमा पोलिसी बिक्री गर्दै आएका थिए ।

यस वर्ष पनि कतिपय संस्था तथा व्यक्तिहरुले कम्पनीका कर्मचारीलाई उधारोमा पोलिसी जारी गर्न अनुरोध गरेका थिए । अझै पनि बीमितले बीमा समितिको निर्देशन थाहा नपाएकाले यस्तो समस्या आएको कम्पनीहरु बताउछन् ।

Prabhu
Crest

विकास आयोजनाको ठेक्कामा गरिने इन्जिनियरिङ लगायतका बीमामा उधारो बीमाको मात्रा बढी छ । विभिन्न परियोजना, ठेक्का पट्टाका ठेकेदारले औपचारिकाका लागि उधारोमा बीमा गर्ने गरेका छन् । यस्ता क्षेत्रमा प्राय दाबी पर्दैन । यदि दाबी परिहाल्यो भने बल्ल बीमा शुल्क भुक्तानी हुने गरेको पाइन्छ । यसका लागि उधारोमा चेक काटेर राख्नेसम्मका गलत काम हुने गरेको पाइन्छ । कतिपय कम्पनीहरुमा सरकारले अनिवार्य गरेको सवारी साधनको बीमामा पनि उधारो पोलिसी बिक्री हुने गरेको भेटिएको छ ।

संस्थागत रुपमा यस्तो अभ्यास नियन्त्रण भएको कम्पनीहरु बताउछन् । अझै पनि कतिपय क्लाइन्टहरु यसका लागि आउने गरेका छन् । बीमितलाई समितिले बन्द गर्न दिएको निर्देशन थाहा नहुँदा पनि यस्ता कामको अफर आउने गरेको कर्मचारीहरु बताउछन् ।

किन जारी गरिन्छ यस्तो पोलिसी
बजारमा निर्जीवन बीमा कम्पनीहरु विचमा चर्को प्रतिस्पर्धा छ । एक अर्कामा कसले धेरै व्यवसाय गर्ने, को अगाडि भन्दै अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अन्य कम्पनीहरु तथा शेयरधनीहरुलाई देखाउनै भए पनि उनिहरुले उधारोमा पोलिसी बिक्री गरेर धेरै प्रिमियम आर्जन गर्न सफल भएको भन्दै रिपोर्ट बनाउने गरेका छन् ।

अर्को तर्फ ठेकेदार, व्यवसायीहरुलाई ठेक्कापट्टाको औपचारिकता तथा बैंकमा कर्जा लिनका लागि भए पनि पोलिसी आवस्यक पर्छ । उनिहरुले बीमा गरेर खर्च गर्न चाहदैनन् । त्यसैले गर्दा थोरै शुल्क तिरेर कम्पनीका कर्मचारीहरु सँग सम्बन्ध बनाएर पोलिसी किन्छन् । यस्तो क्रियाकलापले निर्जीवन बीमा क्षेत्रमा वास्तविक व्यापार भन्दा पनि भर्चुअल व्यापार हाबी भएको छ । यहि कुरालाई नियन्त्रण गर्न बीमा समितिले गत असार २० गते उधारोमा पोलिसी बिक्री नगर्न भन्दै सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन पनि दियो । सोहि आधारमा समितिले साउन एक गते सम्पुर्ण कम्पनीमा स्थलगत निरिक्षण पनि गरिसकेको छ । यदि निर्देशन अनुसार काम नभएको पाइए कारबाही गर्ने तयारीमा बीमा समिति छ ।

अझै पनि कम्पनीका कर्मचारीहरुले आफैले प्रिमियम हालिदिने र भोलिका दिनमा लिने योजनामा उधारो पोलिसी बिक्री भैरहेको थाहा हुन आएको छ । यस्तो कार्यले कम्पनीलाई नोक्सान नगरे पनि अभ्यास भने पुर्ण रुपमा हट्न सकेको छैन ।

निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने उधारो पोलिसीमा बीमा समितिको निगरानी, जारी भएको पाइए कारबाही हुने

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS