IME Life

संख्या घटेपनि गाडीको आयात मूल्य ‌बढ्दा निर्जीवन बीमाको कमाई सन्तोषजनक

SPIL
NIC ASIA
काठमाडौं: चारपाङ्ग्रे सवारी साधनको संख्यात्मक आयात उल्लेख्य रूपमा गिरावट आएपनि समग्र आयात मूल्य वृद्धि हुँदा निर्जीवन बीमा क्षेत्रको बीमाशुल्क आम्दानीमा खासै असर देखिएको छैन।
निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानी गत आर्थिक वर्षमा २२ प्रतिशत भन्दा बढी रहेको छ। निर्जीवन बीमा कम्पनीहरुको कमाईको ठूलो हिस्सा मोटर बीमाबाट प्राप्त हुन्छ। यस्तो कमाई ३० प्रतिशत भन्दा बढी रहेको छ।
सवारी साधनको आयात हुने मुख्य नाका वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा बस, मिनीबस, माइक्रो बस, र अफ रोडमा प्रयोग हुने डबल क्याब जीपको आयात परिमाणमा २१ देखि ९७ प्रतिशतसम्म गिरावट आएको छ ‌। तर समग्रमा आयात मूल्यमा वृद्धि भएकाले‌ सवारी साधनबाट प्राप्त ‌हुने भन्सार राजश्व असुली सन्तोषजनक छ।
भन्सार कार्यालयका अनुसार सार्वजनिक यातायातमा सबैभन्दा बढी प्रयोग हुने बसको आयात ८६ प्रतिशतको उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्ष २०७७/७८ कूल १२ करोड ७१ लाख रुपैयाँ बराबरको जम्मा ३९ वटा बस आयात गरिएको छ। जबकी अघिल्लो आव ७६/७७ मा ७२ करोड ९ लाख रुपैयाँ बराबरको २७४ वटा बस भित्र्याइएको थियो।
बसको बडी(बाहिरी संरचना) आयात ९७ प्रतिशतले खस्किएको छ।  अघिल्लो आवमा १४ करोड ९० लाख रुपैयाँको १४ हजार ४ सय २९ वटा बस बडी आयात भएको थियो। तर गत आवमा २३ करोड ५२ लाख रुपैयाँ बराबरको ४७० वटा बस बडी भित्र्याइएको छ।
त्यसैगरी ६३ प्रतिशतले घटेको मिनी बस जम्मा ५६ वटा आयात भएको छ। गत आवमा ९ करोड ६ लाख रुपैयाँ मूल्य बराबरको मिनी बस पैठारी भएको छ। माइक्रो बसको चेसिस(इन्जिन सहितको भित्री संरचना) ५३ प्रतिशतले ह्रास आएको छ। २करोड ६९ लाख रुपैयाँ मूल्य बराबरको ३७ वटा माइक्रो बस चेसिस आयात गरिएको छ।
कोरोना महामारीको कारण गत वर्षदेखि सार्वजनिक यातायात थलिएको छ। बैंक र सहकारी संस्थाबाट ठूलो रकम  कर्जा लिएर  बस, मिनीबस, माइक्रो बसलगायतका सार्वजनिक यातायातका साधनमा लगानी गरेका व्यापारीलाई अझै केही वर्षसम्म पनि सबल हुन नसक्ने गरी आर्थिकरुपमा थिलथिलो बनाएको छ।
सवारी साधन र पार्टपूर्जाको समग्र आयात बढ्यो:
सवारी साधनको आयात हुने मुख्य नाका वीरगंज भन्सारबाट मात्रै ३१अर्ब ६१ करोड ७४ लाख रुपैयाँ मूल्यको सवारी साधन र पार्टपूर्जाको आयात भएको छ। अघिल्लो आवमा रु. २६ अर्ब ९० करोड बराबरको खरिद गरिएको वीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जीप,ट्रक र मोटरसाइकलको आयात परिमाण बढ्यो:
भन्सारका अनुसार जीपकार भ्यानको आयात परिमाणमा सामान्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा ६ हजार २ सय ८४ वटा आयात भएकोमा गत आर्थिक ७७/७८ मा ६ हजार २‌सय ९४ वटा जीप कार भ्यान आयात भएको छ।
अघिल्लो आवमा ६ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ बराबरको जीपकार भ्यान आयात भएकोमा गत आर्थिक वर्षमा ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ।
मूल्यको हिसाबले तेश्रो ठूलो आयात ट्रक मिनी ट्रक भएको छ।१ हजार ७ सय ८० वटा ट्रकको आयातमा ३ अर्ब ८४ करोड ३० लाख रुपैयाँ बाहिरिएको छ। ट्रकको आयात परिमाणमा ३२ प्रतिशतले वृद्धि भएको छ।
आयात परिमाण र मूल्यको आधारमा सबैभन्दा बढी मोटरसाइकल भित्रिएको वीरगंज भन्सारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। मोटरसाइकलको आयात ह्वात्तै बढेर ७७ प्रतिशतको वृद्धि हुँदा १ लाख ६ हजार ९ सय पाँच वटा आयात भएको छ। मोटरसाइकलको आयातमा मात्र ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ।
त्यसैगरी‌ गत आवमा १८०० सिसी भन्दा बढी क्षमताको ट्रयाक्टरको आयात १३३ प्रतिशतले बढेको छ।३ अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको १२ हजार ७ सय १६ वटा ट्रयाक्टरको आयात भएको छ।
प्रत्येक मोटरसाइकल, कार,बस लगायतका सवारी साधनको दर्ता र नविकरण गर्नुपूर्व सवारी  तेश्रो पक्षको बीमालाई अनिवार्य गरिएको छ।
यसैगरी अधिकांश सवारी साधन बैंक वित्तीय संस्थाबाट कर्जा सुविधामा खरिग गरिने भएकोले सवारी साधनको बीमा पनि अनिवार्य रुपमा गरिएको हुन्छ। त्यसैले आयात परिमाण खस्किए पनि निर्जीवन बीमा कम्पनीहरुले सवारीसाधन बीमाबाट प्राप्त गर्ने बीमाशुल्कमा खासै असर देखिएको छैन।
के चाँडै सामान्यस्थितिमा फर्किएला सार्वजनिक यातायात :
वैशाख १६ गतेबाट बन्द लामो दूरीको गरिएको सार्वजनिक यातायात सेवा शनिबारबाट पुनः संचालनमा आउँदैछ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनालाई आधार मान्ने हो भने नेपालमा समेत कोरोना महामारीको तेश्रो लहर शुरु हुने प्रबल सम्भावना छ। अझै पनि अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप घटेको छैन भने मृतकको संख्या दैनिक दोहोरो अंकमा नै छ।
यो अवस्थाले आम जनजीवनको साथै सार्वजनिक यातायात चाँडै नै सामान्य अवस्थामा फर्किने कमजोर संभावना देखिएको छ। सार्वजनिक यातायात सेवाको क्षेत्रमा पछिल्लो समय उच्च जोखिममा कारण यसमा व्यवसायीक लगानी पनि खुम्चिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS