IME Life

एशियन लाइफका लगानीकर्ताको दुई वर्षदेखि हात खाली, दोस्रो बजारबाट लाभ लिन संस्थापक शेयर कन्भर्जन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । लगातार दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश  नदिएको एशियन लाइफले दोस्रो बजारबाट लाभ लिन १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को मुनाफाबाट एक रुपैयाँ पनि लाभांश  दिएन बरु आगामी साउन ३१ गते डाकिएको १२ औ वार्षिक साधारणसभामा १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव अगाडि सारिएको छ ।

साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभामा पेश गर्ने प्रस्तावहरुमा पूँजी संचरना परिवर्तन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेको छ । कम्पनीले संस्थापक समुहको ७० प्रतिशत मध्ये १० प्रतिशत सर्वसाधारणभा परिणत गर्ने योजना बनाएको हो ।

Prabhu
Crest

यसरी सर्वसाधारणमा परिणत भएको शेयर दोस्रो बजारबाट बिक्री गर्दा दशौ गुणा फाइदा हुन्छ । कानुनी छिद्र ‘पोलिसी लुपहोल’लाई प्रयोग गर्दा संस्थापकहरुको ध्यान वास्तविक व्यवसाय भन्दा पनि अन्यन्त्र मोडिएको हो ।

कहिले शेयर कन्भर्जन त कहिले हकप्रद शेयरको फण्डा ल्याएर दोस्रो बजारबाट लाभ लिने तर बीमितको पोलिसी बोनस र सर्वसाधारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा भने कम्पनीको उच्च व्यवस्थापन र सञ्चालकहरुको ध्यान पुग्ने गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को पनि लेखापरिक्षण तथा साधारणसभा गर्न बाँकी छ । ‍

सञ्चालकहरुले साउन ३१ गते हुने १२ औ वार्षिक साधारणसभाबाट संस्थापक समुहको शेयर सर्वसाधारणमा परिणत गर्ने र १३ औ वार्षिक साधारणसभा हकप्रद शेयर निष्काशनको प्रस्ताव लैजाने योजनामा छन् । कम्पनीले मुनाफा गरेर बोनस शेयर वितरण गर्नु त परै जाओस हकप्रद शेयरका लागि आवश्यक पर्ने पैसा समेत सर्वसाधारण समुहमा परिणत गरेको शेयर बिक्री गरेर जुटाउने तयारीमा कम्पनीका संस्थापकहरु छन् । नेपालको शेयर बजारमा हकप्रद शेयर निष्काशन गर्ने योजनाले राम्रै मूल्य बढ्छ । यसै क्रममा शेयर बिक्री गरेर राम्रो पैसा कमाउने संस्थापकहरुको योजना छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सभाले एनएफआरएस अनुसार आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने योजना छ । साधारणसभाले संस्थापक समुहको तर्फबाट ४ जना, सर्वसाधारण समुहको तर्फबाट २ जना र एक जना स्वतन्त्र विज्ञ संञ्चालकको निर्वाचन गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS