IME Life

नेपाल इन्स्योरेन्सका सिइओ शाहको कार्यकाल सकियो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल आजदेखि सकिएको छ । उनि २०७४ साउन ९ गते ४ वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । बीमा क्षेत्रका अनुभवि शाहले आफ्नो ४ वर्षे कार्यकालमा ३० करोडको चुक्ता पूँजी बढाएर एक अर्ब १५ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् । दुई पटक हकप्रद र तीन आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेर उक्त पूँजी जुटाउन सफल भएका हुन् ।

शाह नेपाल इन्स्योरेन्स कम्पनी आउनु अगाडि एनएलजीको प्रमुख कार्यकारी अधिकृत थिए । त्यस भन्दा अगाडि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षणकोष लगायतका कार्यालयमा काम गरिसकेका छन् । शाहले नेपाल बीमक संघको दुई पटक अध्यक्ष पद सम्हालिसकेका छन् ।

Prabhu
Crest

शाह विकासशील राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संघठन एआईआरडिसीको अध्यक्ष हुन् ।  उनि २०७५ असोजमा अध्यक्ष भएका थिए । उनि इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको पनि सञ्चालक हुन् ।

कम्पनीले हिजो बिहीबार शाहलाई भव्य रुपमा विदाइ गरिसकेको छ । आजदेखि कार्यकाल सकिने भएकाले औपचारिक विदाइ भने आज हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS