प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असार २७ गतेदेखि उक्त शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भोलि साउन ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ५५० रुपैयाँतोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार