IME Life

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आज साउन ७ गते बिहीबारबाट ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Prabhu
Crest

बैंकले ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ नाममा ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

बैंककलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा साउन ११ गते र ढिलोमा साउन २१ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS