IME Life

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले नयाँ सिइओको माग गर्दै अर्यालको कार्यकक्षमा ताला

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड कर्मचारी संघ निकट कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै डा. डिल्ली राज अर्यालको कार्यकक्षमा ताला लगाएका छन् । संघले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु पर्ने माग राखेका छन् । सरकारले पठाएको प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसावले काम नगरेको भन्दै उनिहरुले आरोप लगाएका छन् । अर्थमन्त्रालयबाटै काजमा आएका अर्यालले मन्त्रालय र बीमा समिति सँग समन्वयात्मक हिसावले काम गर्न नसकेको उनिहरुको आरोप छ ।

कर्मचारी विनियमावली संसोधनमा अर्यालले चासो नदेखाएको र आवश्यक पहल गर्न नसकेको  उनिहरुले आरोप लगाएका छन् । अर्याल नेतृत्वले कम्पनीको आर्थिक वर्ष २०६८/६९ देखिको लेखापरिक्षण तथा साधारणसभा सम्पन्न गर्न सकेको छैन ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्मको आन्तरिक लेखापरिक्षणको तयारी गरिरहदा उनले अघिल्ला ५ आर्थिक वर्षकै लेखापरिक्षण सम्पन्न गर्न नसकेको भन्दै असन्तुस्ट छन् ।

Prabhu
Crest

यसका साथै कर्मचारीको सेवा सुविधामा ध्यान नदिदा उनिहरु आक्रोसित भएका हुन् । कर्मचारीहरुले पटक पटक सेवा सुविधाका लागि माग गर्दा आश्वासन मात्रै दिने तर कहिले पनि कार्यान्वयन नगर्ने उनको प्रवृत्तीले पनि कर्मचारी उनि प्रति आक्रोसित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS