कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा विक्रीका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । बेंकले बोर्डमा साउन ३ गते निवेदन दिएको हो ।

कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार