IME Life

साउन १४ गतेबाट आइपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कूल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्

Prabhu
Crest

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS