IME Life

बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीसँग अण्डराइटिङ सम्बन्धी अन्तक्रिया तथा छलफल गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुसँग अण्डराइटिङ सम्बन्धी अन्तर्क्रिया तथा छलफल आयोजना गर्ने भएको छ ।समितिले साउन ८ गते शुक्रवार इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिमहलमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।

समितिले सम्पुर्ण जीवन बीमा कम्पनीको अण्डरराइटिङ विभागका प्रमुखहरुलाई ‘अण्डरराईटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तर्क्रियात्मक तालिममा सहमागि हुने निर्देशन दिएको छ । जीवन बीमा क्षेत्रमा अण्डराइटिङ सबैभन्दा महत्वपुर्ण विभाग हो । यदि कम्पनीहरुले राम्रो सँग अण्डराइटिङ गर्न सकेनन् भने धेरै दाबी पर्ने तथा फ्रडका घटना बढ्न सक्छन् ।

Prabhu
Crest

कम्पनीहरुको बीमितको राम्रो सँग अण्डराइटिङ गर्न नसक्दा सरेण्डरका घटना बढिरहेका छन् । प्रिमियम भित्र्याउने बहानामा जस्ता सुनकै व्यक्तिको पनि बीमा गरिदिने र केहि वर्षमै सरेण्डर गर्न बाध्य हुने अवस्था रहेको छ । कम्पनीहरु बीमितको फाइनान्सियल अण्डरराइटिङमा चुक्ता धेरै नै समस्या हुने गरेको छ । त्यस्तै बीमितको उमेर, स्वास्थ्य परिक्षण प्रतिवेदन नहेरि आखा चिम्लिएर बीमा गर्दा वेला वेलामा समस्या आउने गरेको पाइन्छ ।

यसका लागि नियामक निकाय बीमा समितिले नियमबाट मात्रै नियन्त्रण गर्नु भन्दा पनि कम्पनीहरुलाई बोलाएर समय समयमा तालिम आयोजना गर्ने हो भने पनि यस्ता कामहरु नियन्त्रणमा आउन सक्ने विज्ञहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS