IME Life

महालक्ष्मी विकास बैंकको नाफा ७१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ४२ करोड ८५ लाख ६४ हजार खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ७३ करोड २९ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा बृद्धि गरेको छ । त्यस्तै अघिल्लो वर्ष ६० करोड ९९ लाख ४६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १ अर्ब २३ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा गरेको हो ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ५६ करोड ७३ लाख २६ हजार आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार संकलन गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS