IME Life

कम्पनी रजिष्ट्रारले कार्य सञ्चालन अनुमति नदिदा हिमालयन रिले व्यवसाय शुभारम्भ गर्न पाएन

SPIL
NIC ASIA

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले समयमा कार्य सञ्चालन अनुमति नदिदा नयाँ पुनर्बीमा कम्पनी हिमालयन रिको पुनर्बीमा व्यवसाय शुभारम्भमा ढिलाइ भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मै व्यवसाय शुभारम्भ गर्ने योजना बनाएको थियो । तर केहि काजगपत्र नपुगेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति नदिएको हो ।

नियामक निकाय बीमा समितले व्यवसाय शुभारम्भको लागि अनुमति दिए पनि पब्लिक लिमिटेड कम्पनीले कम्पनी रजिष्ट्रारबाट कार्य सञ्चालन अनुमति लिनै पर्ने कानुनी व्यवस्था रहेको छ । यस्तो अनुमतिपत्र नपाउदा कम्पनीको योजना अनुसार प्राथमिक शेयर निष्काशन प्रकृयाँ पनि एक वर्ष पछाडि धकेलिने भएको हो ।

Prabhu
Crest

धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार कम्पनीले पुर्ण रुपमा एक आर्थिक वर्षको लेखापरिक्षण गर्नु पर्ने हुन्छ । सोहि अनुसार गत असार मसान्तमा पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने र चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण तयार पार्ने कम्पनीको योजना थियो । यसका लागि कम्पनीले निर्धारित समय भन्दा अगाडि नै तोकिएको पूँजी जुटाएर बीमा समितिबाट व्यवसाय सञ्चालन अनुमति प्राप्त गरेको थियो । तर कम्पनी रजिष्ट्रारले थप कागजपत्र माग्दा कार्य सञ्चालन अनुमति प्राप्त गर्न ढिलाइ भयो ।

अव कम्पनीले आर्थिक वर्ष २०७०/८० को लेखापरिक्षण सम्पन्न गरे पछि मात्रै प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाउन सक्ने छ । यस हिसावले आर्थिक वर्ष २०८०/८१ मा मात्रै कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको तीन अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ ।

आवस्यक काजगपत्र पठाइसकिएको हुँदा केहि दिन भित्रै उक्त अनुमतिपत्र प्राप्त हुने कम्पनीले जनाएको छ । राष्ट्रपति भवन शितलनिवास अगाडि कार्यालय स्थापना गरेको हिमालयन रिले मार्केटिङको काम भने सुरु गरेको छ । यसका लागि आवस्यक कर्मचारी पनि भर्ति गरिसकेको छ । कार्य सञ्चालन अनुमति पाउने वित्तीकै उक्त विभागले अनौपचारिक रुपमा बीमा कम्पनीहरु सँग सहमति गर्नेछ ।

कोभिड १९ को महामारीको कारण भिडभाड गर्न नमिल्ने भएकाले शुभारम्भ कार्यक्रम कसरी गर्ने भन्नेमा भने कम्पनी अलमलमा छ । भव्य रुपमा उद्घाटन कार्यक्रम आयोजना गर्ने कि साधारण हिसावले गर्ने भन्नेमा अहिलेसम्म निर्यौल हुन सकेको छैन ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको उक्त कम्पनीमा पुर्व अध्यक्षहरु भवानी राणा, पशुपति मुरारकाको पनि लगानी रहेको छ । राम्रो राजनीतिक पहुँच भएकाले प्रधानमन्त्री मन्त्रीहरुबाटै उद्घटन गर्ने तयारीमा कम्पनी जुटेको छ ।

यस्ता छन् हिमालयन रिका चुनौती

नयाँ लाइसेन्स पाएको हिमालयन रिले तीन वर्ष पछि मात्रै रेटिङ प्राप्त गर्नेछ । रेटिङ नहुँदासम्म कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट राम्रो व्यवसाय भित्र्याउन सक्ने छैन । यसले गर्दा धेरै नै जोखिमयुक्त व्यवसाय मात्रै प्राप्त गर्ने अवस्था रहन्छ ।

राम्रो रेटिङ प्राप्त पुनर्बीमा कम्पनीले जोखिमयुक्त व्यवसाय ग्रहण गर्दैनन् । यसले गर्दा उनिहरुको ध्यान हिमालयन रि जस्तो नन रेटिङ कम्पनीमा केन्द्रित हुन्छ । कम्पनीले सुझबुझ र जोखिम विश्लेषण गरेर मात्रै व्यवसाय लिनु पर्ने बाध्यता छ । बीमा समितिले पनि बीमा कम्पनीहरुलाई राम्रो रेटिङ प्राप्त गरेका पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न निर्देशन दिदै आएको छ ।

नेपाली बीमा कम्पनीहरुबाट व्यवसाय लिन पनि त्यति सजिलो छैन । उनिहरुको केहि विदेशी पुनर्बीमा कम्पनीमा राम्रो सम्बन्ध स्थापित भैसकेको छ । कतिपय व्यवसाय सम्बन्ध र कतिपय व्यवसाय व्यक्तिगत लाभका कारण पनि उनिहरुले नयाँ पुनर्बीमा कम्पनी हिमालयन रिलाई दिन तयार हुँदैनन् । यसका लागि कम्पनीले नेपाली पुनर्बीमा कम्पनीहरलाई राम्रो स्किम दिन सक्नु पर्छ । विदेशी पुनर्बीमा कम्पनीले दिएको जस्तै सेवा सुविधा दिन सक्नु पर्छ । यस्तो गर्दा कम्पनीको खर्च तुलनात्मक रुपमा बढ्छ ।

चुनौती सँगै अवसर

पुनर्बीमाको काम गर्न नेपालमा योग्य जनशक्ति नभएको भन्दै बीमा समितिले पनि कम्पनीलाई विदेशबाट ल्याउन लागिएको प्रमुख कार्यकारी र अन्य दुई उच्च पदस्थ पदाधिकारीलाई अनुमति दिन राजी भएको छ । यदि अहिलेको तयारी अनुरुप भारतीय पुनर्बीमा कम्पनीमा राम्रो दक्षता हासिल गरेका व्यक्तिलाई प्रमुख कार्यकारी बनाउने र उनको पहलमा कम जोखिम युक्त व्यवसाय भित्र्याउने पहल हुने हो भने विना रेटिङ पनि राम्रो व्यवसाय गर्न सक्नेछ ।

सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको ‘सर्भिस डेलिभरी’को कमजोर पक्षलाई क्यास गर्न सक्ने सम्भावना पनि उत्तीकै छ । यदि कम्पनीले नेपाली पुनर्बीमा कम्पनीलाई राम्रो सेवा सुविधा दियो, समयमा दाबी भुक्तानी गरिदियो भने उसलाई नेपाली बीमा कम्पनीहरुबाटै व्यवसाय लिन कुनै गाह्रो छैन । त्यसैले गर्दा अवको कम्पनीको रणनीति नेपालका बीमा कम्पनीहरु सँग राम्रो सम्बन्ध बनाउने, स्किम दिने र समयमा दाबी भुक्तानी गरिदिने नै हो । यस्तो गर्दा गर्दा पनि जस्तो पायो त्यस्तै दाबी भुक्तानी गर्न थाल्यो भने पनि भोलिका दिनमा यसले दिर्घकालिन व्यवसाय गर्न सक्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS