सनराइजले सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । सनराइज बैंकले आफ्नो नाममा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्री गर्न लागेको छ ।  बैंकले आफ्नो नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको सार्वजनिजक सुचना जारी गर्दै जनाएको छ ।

शेयरको मूल्य प्रतिकित्ता ७७६ रुपैयाँ ५५ पैसा तोकिएको छ । उल्लेखित परिणामका संस्थापक शेयर खरिद गरी लिन ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रधान कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार