IME Life

जीवन बीमा कम्पनीले आर्जन गरे ७८ अर्ब ३९ करोड नविकरण बीमाशुल्क (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ७८ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा ७८  अर्ब ३९  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ११  अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छन् ।

आर्थिक वर्ष २०७७/७८ को अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा २३ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा  एलआइसी नेपाल रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १३ अर्ब ५८  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।  चौथोमा  राष्ट्रिय बीमा संस्थान रहेको छ।  राष्ट्रिय बीमा संस्थानले यस अवधिसम्ममा ६  अर्ब ६५  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ।   पाँचौमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३   अर्ब ७८  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफ र मेट लाइफल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी ,  प्राइम लाइफले २  अर्ब ६३  करोड , सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब २९ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब, सिटिजन लाइफले १ अर्ब ४९ करोड,  ज्योति लाइफले १ अर्ब २५  करोड, आइएमई लाइफले १ अर्ब १९ करोड, रिलायन्स लाइफले १ अर्ब ९  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/७८ मा रिलायबल नेपाल लाइफले ७८  करोड, सन नेपाल लाइफले ८९  करोड, सानिमा लाइफले ६७  करोड रुपैयाँ , प्रभु लाइफले ५६  करोड र महालक्ष्मी लाइफले ३१  करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS