IME Life

जीवन बीमा कम्पनीले आर्जन गरे ४१ अर्ब ९७ करोड प्रथम बीमा शुल्क, कसको कति ? (सूचिसहित)

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७ /७८मा ४१ अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा ४१ अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ६ अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् । जुन जेठ महिनाको तुलनामा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढीे हो ।

आर्थिक वर्ष २०७७ /७८ को अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड, एशियन लाइफले २ अर्ब १३ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड, ज्योति लाइफले १ अर्ब ८४ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६८ करोड, आइएमई लाइफले १ अर्ब ५९ करोड, रिलायन्स लाइफले १ अर्ब ४८ करोड, मेट लाइफले १ अर्ब ४५ करोड, प्राइम लाइफले १ अर्ब ३८ करोड, सानिमा लाइफले १ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७ /७८ मा सन नेपाल लाइफले ९१ करोड, प्रभु लाइफले ८९ करोड, राष्ट्रिय बीमा संस्थानले ७६ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS