आ.व.२०७७/७८ मा नेशनल लाइफको प्रथम बीमाशुल्क चार अर्ब नाघ्यो

काठमाडौं । जीवन बीमा ब्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । कम्पनीले आथिृक वर्ष २०७७ /८७ मा कूल बीमा शुल्क १२ अर्ब १६ करोड आर्जन गरेको छ । प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु-याउन सफल भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार