सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सयले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार