समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि शेयर लिलामी मार्फत विक्री गरेको थियो ।

कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन ५ गतेसम्मका लागि पुनः लिलामीमा ल्याएको थियो ।

उक्त शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार