IME Life

आजदेखि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्टको शतप्रतिशत हकप्रद शेयर विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी ११ अर्बको आधारमा एक सय रुपैयाँ अंकित दरको ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसैले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदकहरुले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यस हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS