IME Life

मध्य भोटेकोशीले आजदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको प्राथमिक शेयर आजदेखि पुनः निष्काशन गरेको छ ।  कम्पनीले यस भन्दा अगाडि बैशाख २१ गतेदेखि बिक्री खुला गरेकोमा कोभिड १९ कारण बैशाख २४ गते सार्वजनिक सूचना जारी गर्दै स्थगित गरिएको थियो ।

यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि ६० लाख कित्ता साधारण शेयर बिक्री खुला  गरेको छ ।

Prabhu
Crest

प्रभावित बासिन्दाले छिटोमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि पहिलो चरणमा माग बराबरको आवेदन परेन भने साउन ३२ गतेसम्म बिक्री खुला गरिने कम्पनीले जनाएको छ । प्रभावित बासिन्दाले न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ । यसका अलावा eSewa, IME Pay को Online Payment Gateway एवं निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट Online आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ  ।

यस कम्पनीले प्रथम चरणको सार्वजनिक निष्काशनअन्तर्गत कर्मचारी संचयकोषमा संचय गर्ने संचयकर्ता कर्मचारीहरु, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरु एवं ऋणदाता संस्था श्री कर्मचारी संचय कोषका कर्मचारीहरुलाई आ.व.२०७५।०७६ मा निष्काशन गरी मिति २०७५ पुस ०४ गते बाँडफाँडमा परेका शेयरधनी तथा द्वितीय चरणको स्थानीय बासिन्दातर्फको सार्वजनिक निष्काशन अन्तर्गत मिति २०७८ बैशाख २१ गतेदेखि २०७८ बैशाख २३ गतेसम्म गरी तीन दिन सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दा एवं प्रभावित क्षेत्रबाहेक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको लागि निष्काशन गरिएको शेयरमा आवेदन दिएका आवेदकहरुले यस निष्काशनमा पुन: आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।

आवेदन फाराम प्राप्त गर्न र बुझाउन राखिएका संकलन केन्द्रहरु तथा निष्काशन सम्बन्धी अन्य विभिन्न विवरण एवं जानकारीको लागि मिति २०७८ बैशाख १३ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित आह्वानपत्र र मिति २०७८।०४।०५ गतेको कारोबार दैनिकमा प्रकाशित हुने निष्काशन तथा बिक्री खुल्ला सम्बन्धी सूचना मार्फत विस्तृत जानकारी लिन सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS