सन नेपाल लाइफले दियो दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रकम

काठमाडौं । सन नेपाल लाइफले दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रहकम हस्तान्तरण गरेको छ ।  कम्पनीको उप शाखा कार्यालय मुगुले मुगु कार्मारोङ्ग गाउँपालिका वडा नं. ५ निवासी छिरिङ तुन्डुप लामाको दुर्घटनामा परि मृत्यु भएको थियो । सोही वापत उनको परिवारलाई कम्पनीले दाबी रकम दिएको हो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पाच लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतककी श्रीमती किङम्री लामा (कार्मारोङ्ग ) लाइ दश लाख रुपैया हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी कम्पनीले कुसे गाउँपालिका वडा नं. ८ जाजरकोट निवासी मृतक कृष्ण बहादुर वस्नेतको परिवारलाई पनि दाबी वापतको रकम हस्तान्तरण गरेको छ । उनको २०७७ चैत्र १४ गते दुर्घटनामा परि मृत्यु भएको थियो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्समा एक लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतकले इन्छाएको व्यक्ति निजको छोरा नावालक भएकोले श्रीमती कमला बस्नेतलाई दुई लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार