IME Life

नेप्से परिसूचक १३ अंकले बढ्यो, कारोबार रकम ११ अर्ब ८१ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २,९९४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २१९ वटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै,नविल बैंकको ३३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको ३० करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको २८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । सनराइज बैंक डिबेञ्चरका इकाईधनीले ५ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS