IME Life

निक्षेप र कर्जा विस्तार दुबैमा एनआईसी एशिया आक्रामक ग्लोबल आइएमई पछ्याउदै, कुन बैंकको कतिले बढ्यो?

SPIL
NIC ASIA

काठमाडौं । निक्षेप संकलन र कर्जा विस्तारमा एनआईसी एशिया थप आक्रामक देखिएको छ । मर्ज भएर ठुला बनिरहेका बैंकहरुलाई पनि उछिन्दै निक्षेप र कर्जा लगानी दुबैमा एनआईसी एशिया पहिलो हुन सफल भएको छ । एनआईसी एशियालाई ग्लोबल आइएमई बैंकले पछ्याइरहेको छ । पछिल्लो समय साविकको अवस्था भन्दा आक्रामक शैलिमा प्रस्तुत भैरहेको नविल बैंकले पनि गत वर्ष राम्रो सुधार गरेको छ ।

एनआईसी एशियाले गत आर्थिक वर्ष २०७७/७८ मा ८९ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै ९१ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले तीन खर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ६४ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५६ अर्ब रुपैयाँले निक्षेप बढाउदा ४२ अर्बले मात्रै कर्जा विस्तार गर्न सकेको छ । बैंकले दुई खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको छ ।

Prabhu
Crest

त्यस्तै विविल बैंकले यस वर्ष ३४ अर्बले निक्षेप बढाउदा ५२ अर्बले कर्जा विस्तार गर्न सफल भएको छ । यस अवधिमा बैंकले २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । कर्जा विस्तारमा सबैभन्दा कमजोर नेपाल एसबिआई बैंक देखिएको छ । एसबिआईले ७ अर्बले मात्रै कर्जा विस्तार गर्न सकेको छ । यस अवधिमा निक्षेप पनि ४ अर्ब रुपैयाँले घटेको छ । एसविआई सँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि निक्षेप २ अर्बले घटेको छ ।

गत आर्थिक वर्षमा समग्र बाणिज्य बैंकहरुको निक्षेप संकलन ७ खर्ब ११ अर्बले बृद्धि हुँदा कर्जा लगानी ८ खर्ब १५ अर्बले बढेको छ । यस अवधिमा बाणिज्य बैंकहरु सँग ४२ खर्ब एक अर्ब निक्षेप रहेको छ भने ३७ अर्ब ३० अर्ब रुपैयाँ लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS