स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

काठमाडौं । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २६ गतेदेखि असार २९ गतेसम्म १ लाख ९० हजार ६५२ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । उक्त शेयर असार ३० गते बाँडफाँड गरिएको जनाएको छ ।

कम्पनीको ४ हजार कित्ता संस्थापक शेयर मात्र यस बाँडफाँडमा वितरण भएको छ । कम्पनीले प्रतिकित्ता ७५१ रुपैयाँ मूल्य तोकेर शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको माग गर्न सकिने व्यवस्था बमोजिम प्राप्त आवेदनहरुमध्ये बाँडफाँडमा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।

उक्त शेयर विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार