IME Life

सन नेपाल लाइफको साधारण सभा साउन २५ गते, आईपीओ निष्काशनको प्रस्ताव पेश हुने

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते सोमबार तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे गर्ने कम्पनीले जनाएको छ । कोरोना संक्रमणका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५ /७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच.आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी दिएको छ । सभाका लागि हाजिरी पुस्तिका दिउसो २ बजेदेखि सभा संचालन समयसम्म लागि खुला हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS