IME Life

सिभिल बैंकले ऋणपत्र निष्काशन गर्न ४ कम्पनीसँग गर्यो प्रत्याभूति सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सिभिल बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको लागि प्रत्याभूति सम्झौता गरेको छ । बैंकले नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

बैंकले एक हजार रुपैयाँ अंकित दरको तीस लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले “९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८” निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि।ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS