सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना ०७८ साउन ३ देखि ०७८ साउन ७ गतेसम्म लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार