IME Life

निषेधाज्ञामा थन्किएका यात्रुबाहक सवारी साधनको बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना संक्रमणका कारण सरकारले लागाएको निषेधाज्ञाको समयमा संचालनमा नआएको वा थन्किएर बसेका सर्वजानिक सवारी साधनहरूको बीमा शुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा थन्किएका सर्वजनिक भाडाका यात्रुबाहक सवारी साधनहरुकोे बीमा पोलिसीलाई लेअप पिरियड गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिने र समयावधि नेपाल सरकारबाट लकडाउन हटाइएको समयसम्म कायम गर्ने गरी बीमा शुल्कमा छुट दिन समितिले निर्देशन दिएको हो ।

त्यस्तै, चालु बीमा अवधीमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधि ( लेअप पिरियड )को लागि छुट लागू नहुने समितिले जनाएको छ ।

Prabhu
Crest

समितिका अनुसार,सार्वजनिक यात्रुबाहक सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाई समानुपातिक रकममा छुट पाउनेछन् । त्यसैगरी, कुल प्रिमियमको हिसाब गर्दा तेस्रो पक्ष यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समुहको समेत हिसाब गर्नु पर्नेछ ।

सार्वजनिक यात्रु बाहक सवारी साधन बीमाको नविकरण बीमा शुल्कमा समायोजन गर्ने र अन्यत्र बीमकसँग नविकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS