मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न आठ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, ओपरेशन इन्चार्ज, ट्रेड फाईनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफका लागि कर्मचारी माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरको छ ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन ६ गते बैंकिङ समयभित्रमा बैंकको वेभसाइटमा रहेको अनलाईन जब भ्याकेन्सि फर्म भर्न सकिने छ अथवा बैंकमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार