IME Life

साउन १० गतेदेखि नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमााडौं । नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत ब्याजदरमा नबिल डिबेन्चर २०८५’ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँअंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी दिएको छ । सर्वसाधारणका लागि विक्री गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

Prabhu
Crest

उक्त ऋणपत्र खरीदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनु पर्नेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । आववेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकलाई इक्रा नेपालले निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS