सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार १ सय रूपैयाँ कायम गरिएको छ।

त्यसैगरी, आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार