जनरल इन्स्योरेन्सको संचालकमा अग्रवाल नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । कम्पनीले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मुरारका लाई नियुक्त गरेको हो ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभाबाट नियुक्त भएका सञ्चालक दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार