एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । आज असार १ बसेको सञ्चालक समितिको बैठकले क्यापिटलको सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई आजदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको क्यापिटलले जनाएको छ ।

ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।

ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमीकाबाट एनआईसी एशियामा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका यनले हासिल गरेको लामो कार्यानुभव तथा उच्च ब्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलले समग्र व्यवसाय विस्तार र क्यापिटलले दिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार