IME Life

नयाँ जीवन बीमा कम्पनी मध्येकै आक्रामक यूनियन लाइफको पहिलो कारोवार कतिमा होला ?

SPIL
NIC ASIA

काठमाडौं । नयाँ जीवन बीमा कम्पनी भए पनि छोटो समयमै आक्रमक रुपमा व्यापार गर्न सफल यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड पश्चात पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १४८ दशमलव ४६ को आधारमा रेञ्ज (१४८.४६ देखि ४४५.३८ ) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।

Prabhu
Crest

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ८० हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS