यूनियन लाइफद्धारा बीमा बापतको १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा बापतको १ करोड २ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोरोना संक्रमण भई मृत्यु भएका पिताम्बर महतोको श्रीमती जमुना कुमारी महातोलाई कम्पनीले उक्त बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको हो ।

उक्त दाबी रकम इन्स्योरेन्स कम्पनीका उप कार्यकारी प्रमुख कपिल कुमार दाहालले गत असार २६ गते उक्त रकम भुक्तानी गरेको कम्पनीका बागमती प्रदेश उपप्रमुख राकेश महर्जनले जनाएका छन् ।

महतोको कोरोना संक्रमणका कारण २०७८ जेठ महिनामा उपचारका क्रममा हस्पिटलमा मृत्यु भएको थियो । महतो यूनियन लाइफ इन्स्योरेन्सको नक्साल शाखामा आबद्ध भई विगत १ वर्षदेखि एजेन्सी म्यानेजरको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार