मेरो माइक्रोफाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । मेरो माइक्रोफाइनान्सले १६ दशमलव ९४ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले असार ३० गते उक्त बोनश बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनश बापतको कर तिर्नु नपर्ने संस्थाल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार